काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले जेनजीहरूको बुझाइमा आकाश-जमिन परिवर्तन आएको बताएकी छिन्। उनले सुरुमा अनेक माग लिएर आउने गरेकोमा अहिले भने जेनजीहरू संविधान, व्यवस्थाको कुरा गर्दै चुनावमा जानुपर्छ भन्ने विन्दुमा आइपुगेको सम्पादकहरुसँगको आजको छलफलमा जानकारी दिइन्। बालुवाटारमा सम्पादकसँग प्रधानमन्त्री कार्कीले जेनजीहरूको बुझाइ बदलिएकोमा खुशी व्यक्त गरिन्। उनले भनिन्,‘डे वानका जेनजी र आजका जेनजीबीच आकाश जमिनको फरक […]
मुस्ताङ- यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन्। मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले सरेबुङ पास प्रस्थान गरेका तीन अष्ट्रियन नागरिकसहित १४ जना पदयात्री केहीबेर अघि सम्पर्कमा आएका जनाउँदै सबै सुरक्षित रहेका बताए। दुई साताअघि हिमालयन एडभेन्चर […]
गण्डकी – गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कास्की कारागारबाट भागी वडा प्रहरी कार्यालय बैदाममा लुटपाट कार्यमा संलग्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्कीको पोखरा महानगरपालिका–७ घारीपाटन बस्ने २६ वर्षीय विवश जलारीलाई वडा प्रहरी कार्यालय बैदामबाट चोरी भएको मोटरसाइकल र डिजिटल क्यामेरासहित बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ […]
काठमाडौँ- पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची सार्वजनिक भएको छ। नेपाल आयल निगमले आज मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टीतेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक रूपैयाँ घटाएको छ। त्यस्तै हवाई इन्धन (आन्तरिक) तर्फ एक रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले बढाएको हो। बढेर आए पनि पेट्रोलको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ।
१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले शुक्रबार साँझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको अपिललाई सकारात्मक रुपमा ग्रहण गरेको बताएका छन् ।
अनलाइनखबरसँगको कुराकानीका क्रममा उनले विशेषगरी चार बुँदा प्रस्तुत …
काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको कांग्रेस–एमालेसहितको गठबन्धन सरकार ढलेर अहिले सुशीला कार्की नेतृत्वको सरकार बनेको छ। जेनजी आन्दोलनमा थुप्रै युवायुवतीले ज्यान गुमाएपछि ओली र उनको सरकारका गृहमन्त्री रमेश लेखकमाथि धेरैले आक्रोश पोखे। जेनजी आन्दोलनपछि उग्र बनेको भिडले उनीहरुलाई निशाना बनाएपछि नेपाली सेनाले उनीहरुलाई सुरक्षित ठाउँमा सारेको थियो। […]