अवैध चिकित्सकीय अभ्यास गरिरहेका चीन, अमेरिका र अस्ट्रेलियाका २० नागरिक पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले अवैध रूपमा चिकित्सकीय अभ्यास गरिरहेका २० जना विदेशीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चीन, अमेरिका तथा अस्ट्रेलियाका नागरिक रहेको डिआजी पुष्कर कार्किले बताए। उनीहरुलाई एपोलो क्लिनिक र सिम्रिक अस्पतालबाट नियन्त्रणमा लिइएको हो।