पोखरा जाँदै गरेको गुण एयरलाइन्सको जहाजमा समस्या

काठमाडौंबाट पोखरा जाँदै गरेको गुण एयरलाइन्सको जहाज पुन: काठमाडौँ नै फर्किएको छ  । काठमाडौँबाट उडेको ५ मिनेट मै प्रविधिक समस्या देखिएको भन्दै जहाजलाई पुन: काठमाडौँ फर्काइएको हो  । अहिले जहाजको चेकजाँच भईरहेको र  प्राविधिक टोलीले जाँच सकेपछि मात्र के भएको यकिन साथ भन्न सकिने विमानस्थल कार्यालयले जनाएको छ । सो जहाजमा प्राविधिक समस्या देखिएपछि गुणकै अर्को जहाजमा ती यात्रुहरुलाई पोखरा पठाउने तयारी छ ।