पोखरा । गण्डकी प्रदेशमा थप ४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका ११ जिल्ला मध्ये स्याङजा र मनाङबाहेक अन्य ९ जिल्लामा ४३३ जनामा कोरोना संक्रमण देखिएको हो । बिहिबार प्रदेशमा सबैभन्दा धेरै कास्कीमा २२१ जनामा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनकाअनुसार कास्कीमा देखिएका २२१ मध्ये २१४ जना पोखरा महानगरका संक्रमित हुन् । त्यसैगरी बाग्लुङमा ५८ जना र नवलपरासी पूर्वमा ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तनहुँमा २९, लमजु