काठमाण्डाै – म्यानमारका सैन्य प्रमुख मिन आङ ह्याल्इनले प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई छिट्टै अदालतमा पेश गर्ने बताउनु भएको छ ।उहाँले सुकीको अवस्था ठिकठाक रहेको भन्दै छिट्टै अदालतमा पेश गर्ने बताउन भएको हो । हङकङमा रहेको चिनियाँ भाषाको एक टेलिभिजनमा अन्तरवार्ता दिँदै उहाँले सुकी स्वस्थ रहेको र उहाँ आफ्नै घरमा रहेको बताएका बीबीसीले जनाएको छ । म्यामारमा सैन्य कू भएपछि सेनाका प्रमुखले अन्तरवार्ता दिएको यो पहिलो पटक हो । गएको नोभेम्बरमा भएको चुनावमा सुकीको पार्टीले धाँधली गरेको सेनाले असन्तुष्टि जनाउँदै ...