छायाँनाथ रारा नगरपालिकामा एकल पुरुषलाई भत्ता

मुगु: हिमाली जिल्ला मुगुकोे एक स्थानीय तहले एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको छ। जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले १४ वटै वडामा रहेका एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको हो।७१ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नगरपालिकाले एकल पुरुषहरुलाई भत्ता दिन सुरु गरेको छ। नगर प्रमुख हरिजंश शाहीले एक सय २६ जना एकल पुरुषलाई भत्ता वितरण गरे।शाहीले एक पुरुषलाई भत्ता दिने छायाँनाथ रारा नगरपालिका देशकै पहिलो पालिका भएको दाबी गरे। शाहीका अनुसार ४० वर्ष माथिका एकल पुरुषहरुलाई म