पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टियो

पोखरा विमानस्थल केही समयका लागि अवरुद्ध हुने भएको छ । जहाजमा इन्धन भर्न गएको ट्यांकर धावनमार्ग छेउमा पल्टिएर इन्धन पोखिएपछि उडान अवरुद्ध भएको पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले कान्तिपुरलाई बताए ।

सम्बन्धित सामग्री

ट्यांकर पल्टिएर अवरुद्ध भएको पोखरा विमानस्थल सञ्चालनमा

काठमाडौं :  पोखरा विमानस्थलमा इन्धन भर्न गएको ट्यांकर पल्टिदा एक घण्टा उडान अवरुद्ध भएको छ। जहाजमा इन्धन भर्न गएको ट्यांकर पल्टिएर इन्धन पोखिएपछि उडान अवरुद्ध भएको पोखरा विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए। उनले भने, क्रेन ल्याएर ट्यांकर उठाएका छौं, सबै सफा गरेपछि अहिले विमानस्थलको अपरेशन सञ्चालन भएको छ। इन्धन पोखिदा पोखरा विमानस्थल करिब एक घन्टा उडान अवरुद्ध भएको उनले बताए।