काठमाडौं । नेपाली कांग्रेसले सुरू गरेको एक महिने चुनावी अभियानमा तय गरिएको नाराप्रति एक नेताले फरक मत राखेका छन् । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ नारासहितको अभियानले जनताको जनजीविका र आवाज नसमेटिएको भन्दै युवा केन्द्रीय सदस्य नैनसिंह महरले ‘निःशुल्क स्वास्थ्य र शिक्षासँगै सर्वसुलभ यातायात, सञ्चार र रोजगार, जनताको अधिकार र कांग्रेसको कार्यभार’ नारा प्रस्ताव गरेका छन् […]