बुटवल– बुटवल उपमहानगरपालिका–३ रूपन्देहीका वडा अध्यक्ष लालप्रसाद बस्यालको लडेर मृत्यु भएको छ। सोमबार आफ्नै घरको शौचालय जाने क्रममा लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिएपछि अस्पतालले मृत घोषणा गरेको थियो। शौचालयमा लडेर अचेत अवस्थामा रहेका ७३ वर्षीय बस्याललाई बुटवलस्थित सिद्धबाबा अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको वडा सदस्य लिला श्रेष्ठले जानकारी दिए।