काठमाडौं। राष्ट्रिय फुटबल टिममा कोभिड–१९ परीक्षण पोजेटिभ देखिएको २० जनामध्ये पुर्नपरीक्षण गर्दा १३ खेलाडीको रिपोर्ट नेगेटिभ आएको एन्फा प्रवक्ता किरण राईले बताए। यसअघि शुक्रबार आएको रिपोर्टमा खेलाडी र अफिसियल गरी २० जनाको कोभिड–१९ पोजेटिभ देखिएको थियो। ठूलो संख्यामा खेलाडी र अफिसियलमा संक्रमण भेटिएपछि एन्फाले बन्द प्रशिक्षण एक साता स्थगित गरिसकेको छ।