बिहे भोज खाँदा २ सय जनाभन्दा बढी बिरामी भएपछि चितवन गार्डेन रिसोर्टमा शील

चितवन - चितवनमा बिहे भोज खाएर दुई सय जनाभन्दा बढी बिरामी परेपछि चितवन गार्डेन रिसोर्टमा शील गरएको छ । रिसोर्टमा आयोजना गरिएको विवाह भोजमा सहभागी भएका २ सय जनाभन्दा बढी एकै पटक बिरामी परेपछि जिल्ला प्रशासन कार्यालयले होटल शील गरेको हो । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी  शर्मा र चितवन क्षेत्र नं.२ का सांसद रवि लामिछानेको उपस्थितिमा रिसोर्टमा शील लगाइएको हो । नवलपुरको गैंडाकोटबाट भरतपुर जन्ती आएकाहरु यस रिसोर्टमा शुक्रवार बिहे भोज खाएपछि बिरामी परेका थिए । बि...