गिरफ्तार हुनुभन्दा पहिलेका ३ वर्ष शंकाको घेराम रहेकी नर्स लुसी त्यही अस्पतालमा काम गरिरहिन्। नवजात शिशु विभागका मुख्य डाक्टर डा स्टिफेन ब्रेयरेले अक्टुबर २०१५ मा चेतावनी दिँदै भनेका थिए, ‘सायद नर्सले नै यहाँ बच्चाको हत्या गरिरहेको हुनुपर्छ।’
काठमाडौँ – सर्वोच्च अदालतले नवजात शिशु (जातक) हत्याको कसुरलाई सामान्य कसुरका रुपमा लिनुपर्ने व्याख्या गरेको छ। न्यायाधीश हरिप्रसाद फुयाल र कुमार चुडालको संयुक्त इजलासले ६ वर्षअघि पर्वतमा भएको नवजात शिशुको हत्या ‘कर्तव्य ज्यान’सम्बन्धी मुद्दामा फैसला गर्दै यस्ता अपराधका कसुरदारलाई कमभन्दा कम सजाय गरिनुपर्ने व्याख्या गरेको हो। सर्वोच्चले महिलाको प्रजनन् हक, स्वतन्त्रता र सामाजिक परिवेशका कारण […]
२२ फागुन, चितवन । चितवनमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका-१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशु फेला परेको थियो । […]
कर्तव्य ज्यान मुद्दामा २१ वर्ष छ महिना कैद सजाय तोकिएका फरार व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–१ कुसुन्डेडाँडा बस्ने ५१ वर्षीय मक्रान्ति साहिला भनिने प्रेमबहादुर सार्की रहेका छन् ।नवजात शिशु मारेको अभियोगमा सार्की फरार रहेकामा उनलाई बुधबार पक्राउ गरिएको तनहुँ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । जिल्ला अदालतले २०६० वैशाख ११ गते निजलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएकामा पोखरा पुनरावेदन अदालतले २०६० कात्तिक १८ उक्त फै
जनकपुरधाम : सर्लाहीको बह्मपुरी गाउँपालिकामा दुई सन्तानसहित आमाको पोखरीमा डुबेर मृत्यु भएको घटनामा हत्या गरेर पोखरीमा फालेको आरोप माइती पक्षले लगाएका छन्।साउन १३ गते बह्मपुरी गाउँपालिका -३, भेल्ही निवासी संजीव कापरकी २५ वर्षीया श्रीमती रितेवादेवी कापर, डेढ वर्षीया छोरी र ९ दिन मात्रको नवजात शिशु (छोरा) को शव पोखरीमा फेला परेको थियो।घर पक्ष र वडाध्यक्षका अनुसार करिब ११ बजे राति रितेवादेवी आफ्ना बच्चाहरूसहित घरबाट निस्किएकी थिइन्। भोलिपल्ट बिहान बच्चाहरूसहि
आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।
कुँबरले ४२ दिनको आफ्नै नवजात शिशुलाई कर्तव्य गरी मारेको अभियोगमा बिहीबार पक्राउ गरी कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।
उनका अनुसार उनलाई कर्तव्य ज्यानस...
संखुवासभाः नवजात शिशु मारेको आशंकामा एक महिला पक्राउ परेकी छन्। संखुवासभाको खाँदबारी नगरपालिका–६ मयम की ३७ वर्षकी फूलमाया राई शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी छन्। एकल जीवन बिताइरहेकी फूलमायाले अवैध गर्भधारण गरी शिशु जन्माएपछि हत्या गरेर फालेको आशंकामा उनलाई प्रहरीले पक्राउ गरेको हो।&nbs...
कञ्चनपुर : नवजात शिशु हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्तनगरपालिका– १३ की ३० वर्षीया गंगा ओखेडा र सोही ठाउँका १९ वर्षीय सन्तोष ओखेडा रहेका छन