चाँदीवाली स्टुडियोमा ‘लुडो’ फिल्मको सुटिङ हुँदै थियो । सुटिङकै क्रममा एकदिन स्टुडियो घुम्दै गर्दा निर्देशक अनुराग बासुको आँखा त्यहाँको पौडी पोखरी पर्यो । कला निर्देशकलाई बोलाएर फिल्मको प्रमुख पात्र पंकज त्रिपाठीको अड्डा त्यही बनाउन निर्देशन दिए । पौडीपोखरी फोहोर थियो । लेउले हरियो देखिन्थ्यो । कला निर्देशकले कश्यपको दिमागभित्र रहेको दृश्यलाई स्केचमा उतारिदिए । बासुले ‘ओके’ गरेपछि सानो पौडीपोखरीमा अड्डा बनाउने काम सुरु भयो । ठूलो तालको बीचमा अड्डा रहेको देखाउनु थियो । बाँस र ड्रम प्रयोग गरेर हिँड्ने बाटो बनाए । पंकज त्रिपाठीको मुख्य अड्डा पुग्नु अगाडि दायाँ र बायाँको झुपडी बनाए । पैसा गन्ने दृश्यका लागि अर्को झुपडी पनि तयार गरे ।