तीन वर्षयता औलो रोग बिरामी घट्दै

सिमकोट – जिल्लाका दक्षिणी क्षेत्रमा तीन वर्षयता देखा पर्दै आएको औलो रोगविरुद्धका कार्यक्रम प्रभावकारी देखिएका छन्। स्वास्थ्य चौकीले औलो रोगविरुद्ध चालेका कदमले रोग नियन्त्रण उन्मुख देखिँदा ती कार्यक्रम प्रभावकारी भएका हुन्। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा ०७६ सालमा पहिलो पटक औलो रोग देखिएको थियो। ताँजाकोट गाउँपालिका–२ को मैला स्वास्थ्य चौकीले पहिलो वर्षको तुलनामा औलो रोग […]