कांग्रेसको चुनाव परिचालन समितिमा आरजुसहित ६ सदस्य थपिए

नेपाली कांग्रेसको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९, केन्द्रीय परिचालन समितिमा थप ६ जना सदस्य थप भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले पार्टी विधान, २०१७ (संशोधन सहित( बमोजिम पूर्व उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिमा सदस्य थपेका हुन्। उनले सोमबार डा. आरजु राणा देउवा, खिलानाथ दाहाल, आनन्दसन्तोषी राई, तिलक रानाभाट, तारा श्रेष्ठ र किरणप्रसाद गजुरेललाई मनोनयन गरेका हुन्। देउवाले आइतबार  श्रेष्ठको संयोजकत्वमा ११० सदस्यीय केन्द्रीय निर्वाचन परिचालन