काठमाडौँको मध्य बानेश्वर र भक्तपुरको ठिमीबाट प्रहरीले फागुन १० मा दुईजना चिनियाँलाई नियन्त्रणमा लियो । पक्राउ पर्नेमा थप ११५ जना नेपाली छन् । उनीहरू चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरका कर्मचारी हुन् । पक्राउ पर्नेमा ६० जना महिला कर्मचारी छन् । ५६ जना युवाहरू छन् । चिनियाँ नागरिक वर्ष २९ का वाङजिनाओ र छाङ हुई बाओ चाहिँ लगानीकर्ता हुन् । पुरानो बानेश्वरको ‘लेमन ग्रुप अफ कम्पनी’ र सानो ठिमीको कल सेन्टरबाट चिनियाँ नागरिकले ऋण लगानी गर्ने गरेका थिए । सो लगानी अनलाइन एप्स मार्फत गरिए