भोजपुर । भोजपुर नगरपालिका-५ बोखिममा ६५ दिने बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरु भएको छ । सीप सिकौं, रोजगार बनौं भन्ने मूल नाराका साथ तालिम आइतबारबाट सुरु भएको हो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग, कान्तिपुर सुदूर टेक्निकल कलेजको प्राविधिक सहयोग र हिमचुली महिला कृषि सहकारी संस्थाको आयोजनामा तालिम आइतबारबाट सुरु […]
मुगु- मुगुमा पछिल्लो समय किसान बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । मौसमी तरकारी उत्पादन गर्दै आएका किसानहरू पछिल्लो समय आम्दानी बढी हुने देखेपछि बेमौसमी तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । बेमौसमी तरकारी खेतीमा उत्पादनमा वृद्धि र आर्थिक उपार्जनमा पनि राम्रो देखिएकाले मुगूम कार्मारोङ गाउँपालिकाका किसानहरू बेमौसमी तरकारी खेतीतर्फ आकर्षित देखिएका हुन् । सदरमुकामदेखि टाढा […]
कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा,...
कपिलवस्तु नगरपालिका–९ का शिवपुजन बरईको परिचय व्यावसायिक तरकारी किसानका रूपमा छ । मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएका बरईको खेतमा अहिले टमाटर बेच्ने अवस्थामा छ । साथमा काउली, बन्दा, मुलालगायतका तरकारी बिक्री हुने अवस्थामा छ । वैशाख, जेठलाई लक्षित गरी उहाँले तरकारी लगाउन थाल्नुभएको हो । बरई आफूले गरेको मेहेनत देखेर जसरी खुसी देखिनुहुन्छ […]
जुम्ला र आसपासका क्षेत्रमा बेमौसमी तरकारी खेती गर्ने क्रम बढेको छ । खेती गर्नेहरू बढेसँगै घरघरै प्लाष्टिक टनेल निर्माण हुन थालेका छन् । हिउँदे मौसममा जिल्लामा ताजा तरकारीको अभाव हुने गरेकाले किसानले प्लाष्टिक टनेल निर्माण गरी बेमौसमी तरकारीको उत्पादन थालेका हुन्।जुम्लामा हिउँदको समयमा तरकारी अभाव हुन्छ । अहिले जिल्लामा नेपालगञ्ज र सुर्खेतबाट गाडीबाट तरकारी ढुवानी भइरहेको छ । तराईबाट आएको तरकारी महङ्गो हुने भएपछि किसान तरकारी खेतीमा आकर्षित भएका हुन् । अधिकांश किसानको आकर्षण बेमौसमी तरकारी खेतीमा
मान्म – कालीकोट खाँडाचक्र नगरपालिका–३ का ४९ वर्षीया जयप्रकाश पाण्डे पेसाले सरकारी जागिरे हुन । तर उनी फुर्सदको समयमा घरमा नै बेमौसमी तरकारी खेती गर्छन । नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय कालीकोटमा फोरम्यानको सरकारी जागिर पेसा गरिरहेका पाण्डेले खाँडाचक्र–३ ताडीगाउँमा बेमौसमी तरकारी खेती गरेका छन् । विसं २०६२ मा नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयबाट सरकारी […]
काठमाडौं । सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर भएको छ । सबै भन्दा बढी बेमौसमी तरकारी खेतीका लागि सल्यान आत्मनिर्भर भएको हो । बेमौसमी तरकारी बजारमा करिब ४० प्रतिशत उत्पादन सल्यानले गर्ने गरेको छ । सल्यानको कपुरकोटमा सबै भन्दा बढी तरकारी उत्पादन हुने गरेको छ । कपुरकोटका ३ हजार ५ सय घरधुरीले एक सीजनमा ४ […]
सल्यान : सल्यान तरकारी, फलफूल, जडिबुटी तथा पर्यटकीय तथा धार्मिक क्षेत्रका रुपमा परिचित नाम हो। त्यसमा पनि सबैभन्दा बढी बेमौसमी तरकारी खेतीका लागि सल्यान सुपरिचित बन्दै गएको छ।बेमौसमी तरकारी बजारमा झन्डै ४० प्रतिशत उत्पादन सल्यानले गर्ने गरेको छ। सल्यानमा पनि कपुरकोटले सबैभन्दा बढी तरकारी उत्पादन गर्छ।कपुरकोटका ३ हजार ५ सय घरधुरीले नै एक सिजनमा ४ हजार मेट्रिक टनभन्दा बढी ताजा तरकारी जिल्ला बाहिर निर्यात गर्ने गर्दछन्।समुद्र सतहबाट १ हजार २ सय मिटरदेखि करिब १ हजार ८ सय मिटरसम्मको उचाइमा
सल्यान : बेमौसमी तरकारीका लागि परिचित नाम हो कपुरकोट। जसमा नेपालको बेमौसमी तरकारी झन्डै ४० प्रतिशत बजार कपुरकोटले ओगटेको छ। एक सिजनमा झन्डै तीन हजार मेट्रिकटन ताजा बेमौसमी तरकारी जिल्लाबाहिर निकासी हुने गर्दछ।यस क्षेत्रका किसानहरुले विशेष गरी गोलभेंडा, बन्दागोभी, काउली, घिउसिमी, बोडी, खुर्सानी आलु, काँक्रो, स्कुस, मुला, गाँजर, हरियो साग, भान्टा, हरियो केराउ आदि बेमौसमी ताजा तरकारी उत्पादन गर्ने गर्दछन। फलफूलहरुमा आरु, नास्पति, आरु बखडा, अनार, आँप, केरा आदि र मसलादार तरकारीहरुमा अदुवा