भारतमा कोरोना महामारीको तेस्रो लहर चल्ने निश्चित रहेको त्यहाँका वैज्ञानिकहरूले बताएका छन्। सरकारका प्रमुख वैज्ञानिक सल्लाहकार वैज्ञानिक विजय राघवनले नै यस्तो प्रक्षेपण गरेका हुन्। यतिखेर कोरोना भाइरसको फैलावट विश्लेषण गर्दा अब भारत महामारीको तेस्रो लहरमा लपेटिने निश्चित भएको उनले बताएका छन्। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलन क्रममा राघवनले भनेका छन्, 'तेस्रो लहर आउने मिति नै त हामीलाई थाहा छैन, तर अब कोरोना प्रोटोकल निरन्तर पालना गर्दै महाम