मल खरिदका लागि जीटुजी सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी हुँदै

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भारतबाट जीटुजीमार्फत मल खरिदका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी जुटेको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको अवसरमा सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी मन्त्रालयको थियो । तर प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएपछि सम्झौता पत्रमा कसरी हस्ताक्षर गर्ने विषयमा छलफल भइरहेको कृषि मन्त्रालयका सचिव डा.गोविन्द शर्माले बताए ।पाँच वर्षसम्म भारतबाट रासायनिक मल खरिद गर्ने सहमति भए अनुसार दुई पक्षको बीचमा सम्झौता पत्रमा हस्ताक्षर हुन