चितवन १ मा कांग्रेसका विश्व पौडेलभन्दा ‘घण्टी’ का हरि ढकाल अघि

काठमाण्डाै – चितवन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पछि पारेका छन् ।  मतगणना सुरु भएदेखि कांग्रेसका विश्वनाथ पौडेलले अग्रता बनाएकोमा अहिले स्वतन्त्र पार्टीका हरि ढकालले अग्रता बनाउनुभएको छ । ५४ सय १५ मत गन्दा विश्व पौडेलको १८ सय १० मत आएको छ भने हरि ढकालले १८ सय ४९ मत ल्याउनुभएको छ ।   यस्तै नेकपा एमालेका सुरेन्द्र पाण्डेको १२ सय ६६ मत आएको छ ।