घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता सबै पूरा गर्छुः ईश्वर पोखरेल

काठमाडौँ – एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीले घोषणापत्रमा उल्लेख गरेका प्रतिबद्धता कार्यान्वयन गरिछाड्ने बताएका छन्। काठमाडौं क्षेत्र नम्बर ५ मा सोमबार चुनावी घरदैलो कार्यक्रमका क्रममा उनले काठमाडौं ५ का जनताले आफूलाई अत्यधिक बहुमत दिएर जिताए एमालेले चुनावी घोषणापत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयन गर्ने बताए। उनले काठमाडौँ क्षेत्र नम्बर ५ का मतदाता एमालेका उम्मेदवारले सकारात्मक प्रतिक्रिया […]

सम्बन्धित सामग्री

परिणाम एमालेकै पक्षमा आउँछ– ईश्वर पोखरेल

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नम्बर ६ कार्यालयस्थित धापासी केन्द्रमा मतदान गरेका छन्।मतदान पोखरेलले गर्दै चुनावी अभियानका क्रममा मतदाताले प्रकट गरेको उत्साह मतदानमा पनि प्रकट हुने बताए। उनले मतपरिणाम एमालेको पक्षमा आउने दाबी गरे।उनले आफू निर्वाचित भएपछि पार्टीको केन्द्रीय घोषणा पत्र र काठमाडौं क्षेत्र नम्बर ५ को विकाससँग सम्बन्धित रहेर जारी गरेको२८ वटा प्रतिबद्धता कार्यान्वयन गर्न

एमालले जनताको शिर झुकाउने गरी काम गर्ने छैन : ईश्वर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेका कुनै पनि उम्मेदवार तथा कार्यकर्ताले जनताको शिर झुकाउने गरी कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उम्मेदवार रहनुभएका उनले आज वडा नम्बर ४ का मतदातासँग मत माग्ने क्रममा एमालेका उम्मेदवार तथा कार्यकर्ताले काम गर्दा आजसम्म शिर झुकाउने […]

‘नेपाललाई दक्षिण एसियाको ‘पर्यटन राजधानी’ बनाउनेछु’

काठमाडौं– प्रतिनिधिसभा सदस्य पदका लागि काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएका श्री गुरुङले नेपाललाई दक्षिण एसियाको पर्यटन राजनधानी’ बनाउन पहल गर्ने संकल्प गरेका छन् । क्यामेरा चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका उनले मतदातासँग आफू निर्वाचित भएपछि नेपाललाई दक्षिण एसियाको पर्यटन राजधानी बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् । एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र कांग्रेसका प्रदीप […]

नेपालले माग्यो अमेरिकासँग सहयोग

काठमाडौं। कोरोना महामारीसँग जुधिरहेको नेपालले अमेरिकासँग खोप तथा स्वास्थ्य सामाग्री सहयोग मागेको हो। रक्षामन्त्री ईश्वर पोखरेल र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीबीच भएको टेलिफोन संवादमा सहयोग मागिएको हो। जवाफमा राजदूत बेरीले अर्को सातासम्ममा अमेरिकाबाट सहयोग आउने प्रतिबद्धता जनाएका थिए। रक्षामन्त्री पोखरेलले खोप, भेन्टिलेटर, अक्सिजन, पीपीईलगायतका स्वास्थ्य सामाग्री सहयोग गर्न आग्रह गरेका थिए।

प्रदर्शन स्थगित गर्न साझा पार्टीको आग्रह

साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसीआर परीक्षणको दायरा थप बढाउन सरकारले जारी गरेको सार्वजनिक प्रतिबद्धतालाई शङ्काको सुविधासहित स्वागत गरेको जनाएको हो । उपप्रधानन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिको शुक्रबारको बैठकको निर्णयबाट उक्त प्रतिबद्धता सार्वजनिक भएको थियो ।