नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको बैठक बिनानिष्कर्ष सकिएको छ । शुक्रबार अबेरसम्म राजधानीको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बसेको बैठक सभापतिको साझा उम्मेदवार तय गर्न असफल भएको हो ।सहमतिको प्रयास स्वरुप पार्टी महाधिवेशनको बन्दसत्र समेत छाडेर छलफलमा जुटेको पौडेल समूहमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र शेखर कोइरालाले आफ्नो दावेदारीमा अडान कायमै राखेपछि सहमति हुन नसकेको एक नेताले बताए । आफ्नो नाममा सहमति हुन नसक्ने भएपछि सभापतिका आकांक्षी प्रकाशमान सिंह बैठक सकिनुअघि नै अनुपम