जिल्ला प्रहरी कार्यलय मोरङले स्याउ सहितका ५ वटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ । हिजो साँझ विराटनगर महानगरपालिका १३ मा भन्सार प्रज्ञापन पत्र नभएका ५ वटा कन्टेनरलाई नियन्त्रणमा लिइएको हो । कन्टेनरमा ल्याएका स्याउहरू मलाया रोडमा अनलोड भईरहेको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ तथा ईलाका प्रहरी कार्यालय रानीबाट प्रहरी टोली खटिई गई चेकजाँच गर्दा भन्सार कागजात देखाउन नसकेपछि नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता दिपक श्रेष्ठ जानकारी दिए । तोकिएको स्थान भन्द