काठमाडौं : नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले पूर्वाञ्चल विश्वविद्यालयका समस्या समाधान र बेथिति अन्त्य गर्न ४८ घन्टे अल्टिमेटमसहित आन्दोलनको चेतावनी दिएको छ।आज (आइतबार) पत्रकार सम्मेलन गरेर समितिले सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो। नेविसंघले विद्यार्थीको आन्दोलनबाट हुने क्षतिको जवाफदेही विश्वविद्यालय नै हुनुपर्ने जनाएको छ।इन्जिनियर, मेडिकल तथा अप्लाइड साइन्सलगायत अरु संकायहरुको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नुपर्ने,