कोरोना संक्रमितको उपचारमा प्रयोग हुने एन्टिभाइरल रेम्डिसिभिर औषधि पश्चिम नेपालमै पहिलो पटक बाँकेमा एक गम्भीर संक्रमितलाई दिइएको छ ।
सोमवारबाट पहिलो पटक यहाँस्थित भेरी अस्पतालमा प्लाज्मा थेरापीमार्फत संक्रमितको उपचार शुरु गरिएकोमा मंगलवार पहिलो पटक नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले कोरोना भाइरसबाट संक्रमित एकजना गम्भीर बिरामीलाई एन्टिभाइरल रेम्डिसिभिर औषधि दिएर उपचार शुरु गरेको हो ।