गोपीबहादुर भट्टराई र धरमसिंह लामिछानेको जोडीले नवीन श्रेष्ठ र राजु गुरुङको जोडीसँग पोखरामा जारी रेवान पोखरा भेट्रान्स टेनिस प्रतियोगिताको डबल्सतर्फ उपाधिका लागि भिड्ने भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न डबल्सतर्फको सेमिफाइनल खेलहरूमा जित हासिल उनीहरूले उपाधिका लागि अन्तिम प्रतिस्पर्धा निश्चित गरेका हुन् ।प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनलमा गोपी र धरम जोडीले लोक गुरुङ र राजन पौडेलको जोडीमाथि ६–४, ७–५ को नजित निकाल्