बाग्मती प्रदेशले १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । बागमतीले ९ स्वर्ण, ४ रजत र ११ कास्य जित्यो । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको प्रतियोगितामा ५ स्वर्ण र १ कास्यसाथ नेपाल प्रहरी दोश्रो भयो । तेश्रो स्थानको लुम्बिनी प्रदेशले ३ स्वर्ण, ४ रजत र ५ कास्य हात पार्यो ।सिनियरको पुरुषमा लुम्बिनीका नवराज बस्नेत तथा महिलामा प्रहरीकी कञ्चन थापा उत्कृष्ट खेलाडी घोषित भए । जुनियरको पुरुषमा प्रदेश १ का सुशान्त थापा तथा महिलामा सुदूरपश्चिम प्रदेशकी गीता कठायत उत्कृष्ट