धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको आधाभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालय केन्द्रित विनियोजन गरिएको पाइएको छ। आधाभन्दा बढी बजेट भौतिकमै विनियोजन गरिएपछि स्वास्थ्य, शिक्षा, आर्थिक विकास, मानव अधिकार संरक्षण, सुशासन लगायतका आधारभूत क्षेत्रमा बजेटको अनुपात घटेको छ।विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार सरकारले कूल बजेटको कम्तिमा १० प्रतिशत स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको हुनुपर्छ। तर सुदूरपश्चिम प्रदेशको आधा बजेट भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीको कब्जामा गएपछि