दैलेखमा कुटपिटबाट एक जनाकाे ज्यान गयाे

दैलेख - दैलेखकाे नारायण नगरपालिका–११ बिन्ध्यवासिनीमा कुटपिटबाट एक जनाकाे ज्यान गएकाे छ । छिमेकका श्रीमान् श्रीमती झगडा गरिरहेको ठाउँमा सम्झाउन गएका ५३ वर्षीय गगनबहादुर विकको कुटपिटबाट ज्यान गएकाे हाे । कुटपिटबाट घाइते भएका विककाे दैलेख अस्पतालमा उपचारका क्रममा ज्यान गएको हाे ।  जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर लम्सालले टाउको, छाती र ढाडमा चाेट लागेर अत्यधिक रगत बगेको कारण विककाे ज्यान गएकाे बताउनु भयाे ।...

सम्बन्धित सामग्री

दैलेखमा कुटपिटबाट घाइतेको उपचारको क्रममा ज्यान गयो

दैलेख – दशैँ मनाउन जम्मा भएका युवाहरुबीच कुटपिट हुँदा दैलेखमा एक युवाको ज्यान गएको छ । मंगलवार राति बडादशैँ मनाउन जम्मा भएका युवाहरुबीच दैलेखमा भएको कुटपिटको घटनाका घाइते युवकको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा शुक्रवार ज्यान गएको हो। बडादशैँको दिन दैलेखको जिल्ला सदरमुकाम नारायण नगरपालिका–७ जार्जेखोला कालिमाटी भन्ने ठाउँमा राति ९ बजे भएको जमघटमा कुटपिटबाट घाइते नारायण नगरपालिका–७ किमुगाउँका २५ वर्षीय रोहन शाहीको उपचारको क्रममा शुक्रवार ज्यान गएको प्रहरीले जानकारी दिएको छ । ...