नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पछि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो । शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेबाट निर्वाचन कार्यक्रम गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो
न्युज अफ नेपाल, काठमाडौं। नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन अन्तर्गत निर्वाचन कार्यक्रम स्थगित भएको छ । केन्द्रीय सदस्यमा सहमति जुटाउनका लागि भन्दै निर्वाचनको कार्यक्रम स्थगित गरिएको नेता रामनारायण बिडारीले जानकारी दिए । उक्त निर्वाचन कार्यक्रम भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको उनले बताए । यसअघि शनिबार राति मनोनयन तथा आइतबारका मतदान गर्ने गरी निर्वाचन […]
नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । माओवादीको निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार उम्मेदवार मनोनयनको प्रक्रिया साँझ ८ बजेदेखि राति १०ः३० बजेसम्मका लागि तोकिएको छ । उम्मेदवार मनोनयको कार्यक्रम सकिएलगत्तै मनोनयनपछिको सूची सार्वजनिक गरिनेछ । आयोगका अनुसार आइतबार बिहानदेखि उम्मेदवारको विरोधमा उजुरी दिन पाइनेछ । बिहान ८ …
काठमाडौँः सहमतिका लागि भन्दै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य चयनको निर्वाचन कार्यतालिका स्थगित गरिएको छ। आइतवार दिउँसो १ बजेसम्मका लागि निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको हो।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमतिबाटै केन्द्रीय कमिटी चयनका लागि राम्रो गृहकार्य भएको र थप गृहकार्य गर्नुपर्ने भएकोले आइतवार १ बजेसम्म बन्दसत्र स्थगितको प्रस्ताव…