३ अर्ब सम्मका ठेक्का नेपाली निर्माण व्यवसायीले पाउने बाटो खुल्यो

निर्माण व्यवसायीको क्षमता बढाईएको छ । सरकारले अब ३ अर्ब सम्मका निर्माणका कामको जिम्मेवारी लिन सक्ने गरी नेपाली निर्माण व्यवसायीहरुको क्षमता बढाएको हो । महासंघकै पहलमा सरकारले क्षमता बढाएको हो । सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदको आजको बैठकले सार्वजनिक खरिद नियमावली संशोधन गर्ने निर्णय गरेको जानकारी दिएका छन् । निर्णयअनुसार अब १ निर्माण व्यवसायीले ३ अर्ब रुपैयाँ बराबरका ५ वटासम्म आयोजनाको ठेक्का लिन पाउने छन् । यस्तै सरकारले निर्माण व्यवसायीहरूको ठेक्काको पेश्की रकम घटाएर १० प्रतिशतमा झारेको छ । अहिले निर्माण व्यवसायीले २० प्रतिशत पेश्की बुझाउँदै आएका छन् । यसअघि ठेक्का लाग्नासाथ १० प्रतिशत बुझाउनुपर्नेमा अब ५ प्रतिशत र काम सुरु गरेपछि बुझाउनुपर्ने १० प्रतिशतको सट्टा ५ प्रतिशत गरी जम्मा १० प्रतिशत मात्रै पेश्की बुझाउँदा हुने भएको छ ।