स्टिङ अपरेशन नगर्न अख्तियारलाई सर्वोच्चको आदेश !

काठमाण्डाै – सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ । अदालतले आयोगलाई घुस लिने व्यक्ति पक्राउ गर्न स्टिङ अपरेशन नगर्न आदेश दिएको हो ।स्टिङ अपरेशनविरुद्ध अधिवक्ता विष्णुप्रसाद घिमिरेले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले बुधवार (आज) स्टिङ अपरेशन रोक्न आदेश जारी गरेकाे सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिनुभयो...

सम्बन्धित सामग्री

अडियोको प्राविधिक जाँच गराउन सर्वोच्चको आदेश

१७ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले सिधा कुरा डटकमले १४ वैशाखमा प्रकाशित गरेको एक समाचारसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीको प्राविधिक जाँच गराउन प्रहरीलाई आदेश दिएको थियो । उक्त अनलाइन न्युज पोर्टलले स्टिङ अपरेशन सम्बन्धी मुद्दाको फैसला प्रभावित …

अख्तियारलाई सर्वोच्चको आदेश– स्टिङ अपरेशन नगर्नू

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई स्टिङ अपरेशन नगर्न आदेश दिएको छ ।