स्थिति नियन्त्रण बाहिर गएपछि धनगढीमा निषेधाज्ञा जारी, २ प्रहरी घाइते

धनगढी। जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढीमा निषेधाज्ञा जारी राखेको छ । बिहीवार बिहान ग्रेडरले कुल्चिएर पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत अन्दाजी १४ वर्षीया छात्रा चेतना साउँदको मृत्य भएपछि तनाव भएको थियो । सोही कारण बिहीबार साँझ ७ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । छात्राको मृत्युपछि धनगढीमा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् […]