काठमाडौँ । नेकपा एमालेका सचिव योगेश भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एमाले विभाजन नगर्न गरिएको आग्रह स्मरण भइरहेको बताएका छन् । एकीकृत समाजवादीबाट सरकारमा रहेका मन्त्रीहरूसहितका १० सांसदले आज ध्यानाकर्षण पत्र बुझाएपछि उनले यस्तो बताएका हुन् । ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय […]
एमाले नेता प्रदिप ज्ञवालीले पार्टी विभाजन गर्नेहरुलाई जनताले जवाफ दिएको जिकिर गरेका छन् । पार्टीले कारबाही गरेका नेताहरुलाई संसदले र न्यायालयले न्याय नदिएपनि त्यस्ता तत्वहरूलाई जनताले जवाफ दिएको उनले बताए । ‘सम्माननीय सभामुखले समान व्यवहार गर्नुभएन । यो बीचमा पार्टीले गरेको कारबाहीको विषयमा सर्वोच्चले पनि सुनुवाई गरेन’ ज्ञवालीले भने, ‘अन्य मुद्दामा आजको भोलि नै फैसला गर्ने सर्वोच्चले सांसद कारबाहीको मुद्दामा किन फैसला गरेन ? प्रश्न यहाँनिर छ’ उनले संसद बैठकमा बोल्दै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दावी गरेका छन् । पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी भएका उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनी पार्टी एकताकै पक्षमा रहेको बताएका हुन् । उनले महाधिवेशनले दिएको जिम्मेवारीलाई बहन गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूहरु प्रतिवद्ध रहेको पनि बताए । त्यसका लागि पार्टी अध्यक्
नेकपा (एमाले) को वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटीका अधिकांश सदस्य पार्टी विभाजन गर्न गर्न र वर्तमान सरकारमा सहभागी हुन नहुने विचार राखेका छन् । उनीहरुले पार्टीको आन्तरिक समस्या समाधान कार्यदलले दिएको सुझाव र पहलबमोजिम एकताबद्ध पार्टी निर्माणको दिशामा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । सो पक्षको बिहिबारबाट शुरु भएको बैठकमा आफूहरू वर्तमान सरकारमा …
दोस्रो तहका नेता पार्टी एकता गर्न प्रयासरत छन् । तर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको बोली र क्रियाकलाप भने एकताभन्दा पार्टी विभाजन उन्मुख छन् । शनिबार ओली र नेपाल छुट्टाछुट्टै कार्यक्रममा सहभागी भए, दुवैले एकताभन्दा एकता विरोधी अभिव्यक्ति दिए । दुवै नेताका गतिविधिले अब एक ठाउँ बस्न नसक्ने झल्को दिन्थ्यो । ओली शनिबार काठमाडौँ जिल्ला कमिटीको विस्तारित बैठकमा पुगे भने वरिष्ठ नेता नेपाल युथ फोर्सको समानान्तर रुपमा गठन गरिएको अखिल फोर्सको भेलामा गए । दुवै जना शक्ति प्र
काठमाडौँ । जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य एवं प्रतिनिधिसभा सदस्य लक्ष्मणलाल कर्णले पदाधिकारी बैठकको निर्णयले पार्टी विभाजन रोकिएको बताएका छन् । आज बसेको जसपा पदाधिकारीको बैठकले प्रधानमन्त्री केपी शर्मा अोलीले संसदमा लिने विश्वासको मतमा मतदान नगर्ने निर्णय गरेको छ । तर सांसदले संसदमा आफ्नो विवेक प्रयोग गर्न पाउने निर्णय पनि गरेको छ ।त्यो निर्णयका कारण पार्टी विभाजनबाट जोगिएको उनले बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्ने पक्षमा छन् भने अर्क
एमालेको माधव नेपाल पक्षका अधिकांश सांसद पार्टी विभाजन हुनु नहुने पक्षमा देखिएका छन् । बुधबार बिहान नेपाल पक्षका सांसदको बैठक बसेको थियो । बैठकमा सहभागी प्रायः सबैले नयाँ दल बनाउनेतिर नलागी एमालेभित्रै संघर्ष गरेमात्रै उपलब्धि हुने बताएका थिए ।
सांसदको बैठकपछि स्थायी कमिटीका सदस्यको बैठक बसेको थियो । स्थायी कमिटी बैठकमा सांसदको बैठकबारे घनश्याम भुसाललगायतका नेताले ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले मंगलबार नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण सोधेका थिए । नेपाल पक्षीय सांसदलाई नयाँ द...