चुनावी समीक्षा, समानुपातिक सांसद चयनलगायतका एजेण्डामा छलफल गर्न चार दलको छुट्टाछुट्टै बैठक बस्दै

काठमाडौं । आज नेपाली कांग्रेस, एमाले, राप्रपा र जसपाको बैठक डाकिएको छ । चुनावी समीक्षा, समानुपातिक सांसद चयनलगायतका एजेण्डामा छलफल गर्न चार दलको छुट्टाछुट्टै बैठक बस्दै छ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहान ८ बजेदेखि पार्टी कार्यालय, बालकुमारी, ललितपुरमा बसिरहेको छ । यस्तै नेकपा एमालेको हिजो स्थगित भएको सचिवालय बैठक […]

सम्बन्धित सामग्री

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बिहीबार बस्दै छ । बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्नेछ । बैठकमा उपराष्ट्रपति निर्वाचन र रिक्त एक समानुपातिक सांसद सिट पूर्ति गर्ने विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । प्रतिनिधि सभामा समानुपातिक सांसद शहनाज रहमानको […]

एमाले केन्द्रीय सचिवालयको बैठक सुरु

बैठकमा आमनिर्वाचनको बारेमा समीक्षा र समानुपातिक सांसद छनोटल गायतका विषयमा छलफल हुने बताईएको छ।...

समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । पार्टी कार्यालय च्यासलमा बिहानदेखि बैठकले समानुपातिक सांसद चयन गर्नेछ । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।

समानुपातिक सांसदको नाम तय गर्न एमालेको सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी कार्यालय च्यासलमा बिहान ११ बजे बस्ने बैठकले समानुपातिक सांसद चयन गर्नेछ ।एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ ।

समानुपातिकमा सात जना पुरुष सांसद छान्न कांग्रेसभित्र रस्साकस्सी

नेपाली कांग्रेसमा प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिक सांसद छान्न गृहकार्य भइरहेको छ । शनिबार दिउँसो १ बजे बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट कांग्रेसले ९६ जना समानुपातिक सांसदको टुंगो लगाउने छ ।प्रतिनिधिसभाका ३२ र सातै प्रदेशका ६४ जना सांसद छान्न आज (शुक्रबार) कांग्रेसमा आन्तरिम छलफल भएको छ । शुक्रबार दिउँसो शेखर कोइराला समूहले आन्तरिक छलफल गरेर पार्टी सभापति शेरबहादुर देउवालाई भेटेको छ ।समानुपातिक सांसद चयनबारे महिलाका सन्दर्भमा समस्या नभए पनि ७ जना पुरुषका हकमा समस्या देखिएको छ

एमालेको सचिवालय बैठक स्थगित

काठमाडौं, २३ मंसिर । नेकपा (एमाले)ले समानुपातिक सांसद छनौटबारे छलफल गर्न आज बोलाएको सचिवालय बैठक स्थगित भएको छ । निर्वाचन आयोगले समाुनपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै एमालेले समानुपातिक सासदको निर्णय गर्न लागेको हो । पाएको मतको आधारमा समानुपातिकतर्फ एमालेका ३४ सांसद निर्वाचित हुनेछन् । आयोगले तीन दिनको समय दिएर बन्दसूचीमा रहेका नामहरु मध्येबाट […]

समानुपातिक सांसद छान्दै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट समानुपातिक सांसद छान्न केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ३२ गरी ८९ सिट जितेको छ । समानुपातिकतर्फ भने कांग्रेसले प्राप्त सिटमा समावेशी सिद्धान्त (क्लस्टर)अनुसार सांसदको नाम चयन गर्नुपर्नेछ । सो प्रक्रियाका लागि छलफल गर्न कांग्रेसले शनिबार केन्द्रीय कार्यसम्पादन बैठक डाकेको हो […] The post समानुपातिक सांसद छान्दै कांग्रेस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक सांसद छान्न, चुनाव समीक्षा गर्न एमालेले डाक्याे सचिवालय बैठक

काठमाण्डाै – नेकपा एमालेले भाेलि शुक्रवारका लागि सचिवालय बैठक डाकेको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, चुनाव समीक्षालगायतका विषयमा छलफल गरिने छ । निर्वाचन आयोगले हिजाे बुधवार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ ।  एमालेले प्रतिनिधि सभा चुनावको प्रत्यक्षतर्फ ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

कांग्रेसले कार्यसम्पादन समितिमा छलफल गरेर मात्रै समानुपातिक सांसद चयन गर्ने

काठमाडौँ – नेपाली कांग्रेसले समानुपातिक सांसदमा पठाउने उम्मेदवारको नाम चयन गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ। आगामी शनिबार दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक डाकिएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ। कांग्रेसले प्रत्यक्षतर्फका कुल १ […]