बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा

काठमाण्डाै / माइक्रोसफ्टका संस्थापक बिल गेट्स र उहाँकी पत्नी मिलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका छन् । धनाढ्य दम्पतीले २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका बीबीसीले जनाएको छ । बिल गेट्स र मिलिन्डाले आफूहरुको लामो छलफलपछि अलग हुने निर्णय लिएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । विश्वकै धनी व्यक्तिमध्येका एक ६५... The post बिल गेट्स र मिलिन्डा गेट्सद्वारा सम्बन्ध विच्छेद गर्ने घोषणा appeared first on Purbeli News.

सम्बन्धित सामग्री

अन्तत : २७ वर्षपछि विश्वका धनी गेट्स दम्पत्तीले गरे  सम्बन्ध विच्छेद

वैशाख २१, सिएटल(संयुक्तराज्य अमेरिका)  । विश्वका धनी व्यक्ति बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद् गरेका छन् ।            संसारको सबैभन्दा ठूलो परोपकारी कोष, बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनका सञ्चालक जोडी गेट्सले सन् १९९४ मा हवाईको एउटा टापुमा विवाह गरी जोडेको सम्बन्ध २७ वर्षपछि बिच्छेद् गर्ने निर्णय भएको छ । उनीहरुले ट्वीटरमार्फत् सार्वजनिक गरेको एउटा संयुक्त विज्ञप्तिमा यस कुराको जानकारी दिएका हुन्।            ‘विगत २७ वर्षमा हामीले तीन अद्भुत सन्तानहरू हुर्काएका छौं र संसारभरिका मानिसहरूलाई स्वास्थ्य र उत्पादनशील जीवन बाँच्न सक्षम तुल्याउने एउटा कोष बनाएका छौं । हामी हाम्रो उद्देश्यमा एकै ठाउँमा छौं र उक्त कोषमा मिलेर काम गर्नेछौं । तर जीवनको अबको चरणमा जोडीका रूपमा आफ्नो प्रगति हुन नसक्ने हाम्रो विश्वास छ’, विज्ञप्तिमा भनिएको छ ।            यद्यपि उनीहरूले ‘बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन’ लाई भने मिलेर सञ्चालन गर्ने बताएका छन् । उक्त जोडीले नयाँ जीवनमा अघि बढ्न लाग्दा आफ्नो परिवारको गोपनीयतालाई कायम राख्ने सहमति भएको बताइएको छ ।            फोब्र्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी व्यक्ति रहेका छन् । उनको सम्पत्ति १२४ अर्ब डलर रहेको छ । उनी माइक्रोसफ्टका भूतपूर्व सहसंस्थापक तथा पूर्वअध्यक्ष पनि हुन्।            उक्त जोडीले ‘लामो सोचविचारपछि विवाह अन्त्य गर्ने निर्णय गरेको’ सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको छ ।            सन् १९८० को दशकमा मेलिन्डा बिलको फर्ममा एक कर्मचारीको रूपमा काम गर्ने शिलशिलामा उनीहरूको भेट भएको थियो । मेलिन्डा प्रडक्ट म्यानेजरको रूपमा सन् १९८७ मा माइक्रोसफ्टमा आबद्ध भएका थिए।            तीन सन्तानका अविभावक बनिसकेका उनीहरूको निर्णयलाई अनपेक्षित मानिएको छ । उनीहरूले सञ्चालन गरेको परोपकारी संस्थाले सङ्क्रमक रोगको नियन्त्रण र बालबालिकाको खोपलाई प्रोत्साहन गर्ने जस्ता कामका लागि अर्बौँ डलर खर्च गर्दै आएको छ ।  रासस/ एपी

विवाहको २७ वर्षपछि बिल गेट्स र मेलिन्डा गेट्सको सम्बन्धविच्छेद

विश्वकै धनाढ्य बिल गेट्सले आफ्नो श्रीमती मेलिन्डासँग सम्बन्धविच्छेद गरेको जनाएको छ। विवाहको २७ औं वर्षमा सल्लाह गरेरै सम्बन्ध विच्छेद भएक गेट्सले ट्वीटरमार्फत जनाएका छन्। pic.twitter.com/padmHSgWGc — Bill Gates (@BillGates) May 3, 2021 सम्बन्ध विच्छेद भए पनि बिल एन्ड मेलिन्ड गेट्स फाउन्डेसनमा भने मिलेर काम गर्ने उनले बताएका छन्। यो सहयोगी…

विवाहको २७ वर्षपछि बिल गेट्स दम्पतीको सम्बन्धविच्छेद

माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सको सम्बन्ध विच्छेद हुने भएको छ। बिल गेट्सले आफूहरुको २७ वर्षको वैवाहिक सम्बन्ध तोडिएको सामाजिक सन्जाल ट्वीटरमार्फत् जानकारी दिएका छन्।

२७ वर्षको वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने गेट्स दम्पतिको घोषणा

एजेन्सी । माइक्रोसफ्ट कम्पनीका संस्थापक एवं विश्वका धनाढ्य बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सबिच सम्बन्ध विच्छेद हुने भएको छ ।

अर्बपति बिल गेट्स र पत्नी मेलिन्डाबीच सम्बन्धविच्छेद

एजेन्सी। माइक्रोसफ्ट कम्पनीका संस्थागत बिल गेट्स र उनकी पत्नी मेलिन्डा गेट्सले सम्बन्ध विच्छेद गर्ने निर्णय गरेका छन्। उनीहरुले भनेका छन्, ‘हामीलाई अब एक साथ अघि बढ्न सक्छौं जस्तो लाग्दैन। २७ वर्ष लामो वैवाहिक सम्बन्ध अन्त्य गर्ने निर्णयमा पुगेको उनीहरुले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनीहरुको नाममा रहेको बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका लागि भने एकसाथ काम गर्ने जनाएका छन्।