चितवनमा कोरोना संक्रमणबाट एकै दिन तीनजनाको मृत्यु

चितवनमा कोरोना संक्रमण (कोभिड–१९) बाट शुक्रबार एकै दिन तीनजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका –२ क्षेत्रपुरका ५१ वर्षीय पुरुष, हेटौडा उपमहानगरपालिका–१९ का ७१ वर्षीया महिला र गोरखाको आबुखैरहनी –१३ का ३८ वर्षीय पुरुषको मृत्यु भएको भरतपुर अस्पताल चितवनका कोभिड–१९ क्लिनिकल को अडिनेटर डा. प्रमोद पौडेलले जानकारी दिए।