कश्मीर क्षेत्रमा आतंकवाद विरोधी अभियानमा महिला सेना सामेल

एजेन्सी। भारतीय सेनाको असम राइफल्सका महिला सुरक्षाकर्मीहरुलई कश्मीर क्षेत्रमा खटाइएको छ। कश्मीरको गान्दरबल जिल्लामा महिला सेनाहरुलाई आतंकवाद विरोधी अभियानमा सामेल गराइएको हो। यो क्षेत्रमा महिला तथा बच्चा आतंकवादीको खोजीका लागि उनीहरुलाई मोटर व्हीकल चेकपोइन्टमा खटाइएको छ। साथै, कश्मीरबाट प्रहरीमा भर्तीका लागि २ हजार महिलाहरुले आवेदन समेत दिएका छन्।