लकडाउनको अघिल्लो दिन एकजना साथीको कथा संग्रह फाइनल गर्दै थिएँ । प्रेसमा पठाउन अन्तिम तयारी गर्दा–गर्दै लकडाउन हुने घोषणा भयो । त्यसले चिन्तित बनायो । हुन त विश्व नै संकटमा परेको अवस्था थियो । लकडाउनको हल्ला पहिल्यैदेखि नै थियो । अत्यावश्यक सामग्री घर घरमा राखिरहेका छन् भन्ने कुरा आइरहेको थियो । तर, मेरो तयारी केही थिएन ।