चालु आर्थिक वर्ष २०७९/८०को पहिलो महिना साउनमा नेपाल विद्युत् प्राधिकरणले औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँको बिजुली भारतलाई बेचेको छ । प्राधिकरणले चालु आवको साउन महिनामा कुल १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत् निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत् साउनमा भारततर्फ निर्यात गरेको हो ।