आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएपछि काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ता असन्तुष्ट देखिएका छन् ।हेटौंडा उपमहानगरपालिकामा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल काँग्रेसलाई उपेक्षा गरी नेकपा एकीकृत समाजवादीलाई मेयर दिइएको भन्दै काँग्रेसबाट मेयरका आकांक्षी केही नेताले विरोध जनाएका हुन् ।काँग्रेस हेटौंडा उपमहानगर समितिले केन्द्रले हेटौंडाको मेयर एकीकृत समाजवादीलाई दिने गठबन्धनको केन्द्रीय संयन्त्रको निर्ण