अवैध मदिरा नियन्त्रण गर्दा प्रहरीमाथि आक्रमण

जनकपुरधाम : अवैध मदिरा नियन्त्रणमा लिन खोज्दा धनुषामा प्रहरीमाथि आक्रमण भएको छ। धनुषाधाम नगरपालिका–९ धारापानीमा शनिबार साँझ अवैध मदिरा नियन्त्रण गर्न पुगेका प्रहरीमाथि स्थानीयले आक्रमण गरेका हुन्।धारापानीका केही घरमा अवैध मदिरा उत्पादन र बिक्री वितरण भई रहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदिप सुवेदीको नेतृत्वमा पुगेको टोलीले एक हजार ५० लिटर कच्चा पदार्थ र ६० लिटर रक्सी नियन्त्रणमा लिएका थिए। मदिरा प्रहरी चौकी ल्याउने क्रममा स्थानीयले घेरा हाली प्रह