गृहमन्त्री रमेश लेखकलाई सिरहाका दलित मुसहर समुदायले नागरिकता र जमीन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । लहान नगरपालिकाको सभाकक्षमा शुक्रबार आयोजित एक कार्यक्रममा ‘सवरी सङ्कल्प समाज’ नामक गैरसरकारी संस्थामार्फत् मुसहर समुदायले गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाएका हुन् ।