सन्दीप लामिछानेले पुनरावेदनका लागि दिएको मुद्दाको सुनुवाइ आज

काठमाडौँ। बलात्कार आरोपमा थुनामा रहेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले पुनरावेदनका लागि दिएको मुद्दाको आज सुनुवाइ हुने भएको छ। आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।