काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउने बताउनुभएको छ ।
हिजाे बिहीवारको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज शुक्रवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री कार्कीले प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमणले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ र उच्चस्तरमा पुर्याएर देशकाे हित गर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री देउवा आज दिउँसाे भारत प्रस्थान गरिसक्नुभएको छ । सञ्...