नेष्डो समृद्द लघुवित्तको आईपिओमा ३८ गुणा बढीको आवेदन, २५ लाखले शेयर नपाउने

नेष्डो समृद्द लघुवित्तले निष्काशन गरेको आईपिओमा माग भन्दा ३८ गुणा बढीको आवेदन परेको छ ।  आईपिओमा आवेदन दिने अन्तिम दिन आज आइतबार बेलुका ५ बजेसम्ममा २५ लाख ९९ हजार ५ सय ९८ जना आवेदकबाट ३ करोड १ लाख १३ हजार ७ सय कित्ताको लागि आवेदन परेको छ ।  यो माग गरिए भन्दा ३८.८७ गुणा बढी हो ।   कम्पनीले फागुन ११ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले प्रति कित्ता १०० अंकित दरले हुन आउने ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ०.५ प्रतिशत अर्थात् १२ हजार ७ सय ५० कित्ता कम्पनीको कर्मचारीको लागि र ५ प्रतिशत अर्थात् ४१ हजार ४ सय ३७ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ  ।  बाँकि रहेको ७ लाख ७४ हजार ५ सय ६३ कित्ता शेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन्  ।   कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।    माग भन्दा बढीको आवेदन परेकोले यो आईपिओ पनि बाँडफाँड पनि गोलाप्रथाबाट हुने छ  ।  जस अनुसार ७७ हजार ४ सय ५६ जनाले मात्र शेयर पाउने छन्  ।   यस हिसाबमा आवेदन दिएका मध्ये २५ लाख बढी आवेदक हात खाली हुने छन् । कम्पनी परिचययस वित्तीय संस्था कम्पनी ऐन, २०६३ अन्तर्गत मिति २०७४ साल चैत्र २८ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । संस्थाले मिति २०७५ माघ २९ गतेका दिन नेपाल राष्ट्र बैंकवाट “घ” वर्गको वित्तीय कारोवार गर्ने इजाजत प्राप्त गरेको छ । विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोवार गर्ने इजाजत लिई काम गर्दै आईरहेको लघुवित्तीय गैर सरकारी संस्था  “राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपाल” ले गर्दै आई रहेको सम्पूर्ण लघुवित्तीय कारोवार मिति २०७५ फाल्गुण २१ गते देखि यस वित्तीय संस्थामा हस्तान्तरण भएसँगै सो मिति देखि यस संस्थाले “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्थाको रुपमा कारोबार सञ्चालन गर्दै आएको छ ।यस वित्तीय संस्थाको कारोबार स्थान नेपाल राज्यभर रहेको छ । संस्थाको रजिष्टर्ड (केन्द्रीय) कार्यालय कुश्मानगरपालिका, वडा नं. ६, न्यूरोड, गण्डकी प्रदेश, नेपालमा रहेको छ । संस्थाको पोखरा महानगरपालिका, वडा नं. १७, ड्यामसाईडमा समन्वय कार्यालय रहेको छ । यस वित्तीय संस्थाले देशभरका ५६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्तीय कारोवार गर्दै आईरहेको छ ।पूँजी संरचनाकम्पनीको अधिकृत पूँजी पचास करोड रहेको छ । कम्पनीको जारी पुँजी पचीस करोड पचास लाख रहेको छ ।  वित्तीय संस्थाको हाल चुक्ता पूँजी सत्र करोड एक्काइस लाख पच्चीस हजार रहेको छ ।  आईपिओ निष्काशन पश्चात संस्थाको चुक्ता पुँजी पच्चीस करोड पचास लाख हुनेछ । आईपिओ निष्काशन पश्चात संस्थामा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात क्रमश ६७.५० प्रतिशत र ३२.५० प्रतिशत हुने छ ।आर्थिक वर्ष ७७/७८ मा संस्थापक  शेयरधनीहरुलाई १४५.८९ प्रतिशत हकप्रद शेयर जारी गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । हकप्रद अघि कम्पनीको चुक्ता पुँजी ७ करोड मात्र थियो ।यो पनि : नेष्डो समृद्द लघुवित्त आईपिओ रिभ्यु: यसै वर्ष ३० प्रतिशत बोनस, १ हजार प्लसमा पहिलो कारोबार