विमानस्थलबाट १९ किलो सुनसहित विदेशी नागरिक पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो अवैध सुनसहित सुडानी नागरिक पक्राउ परेका छन् । शुक्रबार विमानस्थल भन्सार कार्यालयले दुबईबाट आएका उनको लगेजबाट सुन बरामद गरेको हो  । त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेका अनुसार पक्राउ पर्ने सुडानी नागरिक मोहम्मद अहमद डफल्ला साराफेल्डिन रहेका छन् । २७ वर्षीय मोहम्मद फ्लाइ दुबईको फ्लाइटबाट आएका थिए । […]