ड्युटीमा रहेका चिकित्सकमाथि हातपात गर्नेलाई कानुनी कारबाही गर्न चिकित्सक संघको माग

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागमा कार्यरत डा. करण शाहलाई हातपात गरी गम्भीर घाइते बनाउने दोषीलाई पक्राउ गरी कानुनी कारबाही अगाडी बढाउन नेपाल चिकित्सक संघले माग गरेको छ । गत भदौ २ गते प्रतिष्ठानकै कर्मचारीबाट शाहमाथि आक्रमण भएको थियो ।महासचिव डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै डा. शाह ड्युटीमा रहेको अवस्थामा आकस्मिक कक्षमै हातपात गरी गम्भीर घाइते बनाइनु अत्यन्तै लज्जास्पद घटना भएको बताएका छन् । ‘ हालै जारी गरिएको स्वास्थ्यकर्मी तथा स्वास्थ