जोफ्रा आर्चर एकदिबसीय टोलीबाट बाहिरिए

जोफ्रा आर्चर भारत विरुद्धको अन्तर्राष्ट्रिय एकदिबसीय टोलीबाट बाहिरिनुभएको छ । कुहिनामा आएको चोटका कारण उहाँले भारत विरुद्धको श्रृखंला नखेल्ने हुनुभएको हो । इंग्ल्याण्डका तीब्र गतिका बलर जोफ्रा आर्चर तात्काल नै घर फर्किनुहुनेछ । आर्चरले आगामी अप्रिल नौ देखि मई ३० सम्म हुने इन्डियन प्रिमियर लिग समेत खेल्नुहुनेछ । चोटको प्रकृति हेरेर मात्रै उहाँको आईपीएलमा सहभागिताबारे प्रष्ट हुने बताइएको छ । इंग्ल्याण्डले एकदिबसीय श्रृखंलाका लागि टोलीको घोषणा गर्दा टी ट्वान्टीका आरक्षित स्पिनर म्याट पार्किन्सन टोलीमा स्थान बनाउनुभएको छ । इयन मोर्गनको कप्तानीमा घोषित टोलिमा मोइन अलि, जोनाथन बैरिष्टो, साम बिलिंग्स, जोस बटलर, साम कर्रन, टम कर्रन, लियाम लिभिंगस्टन, आदिल रशिद, जैसन रोय, बेन्न स्टोक्स, रीस टोप्ले र मार्क ऊड हुनुहुन्छ ।

सम्बन्धित सामग्री

जोफ्रा आर्चर दोस्रो टेष्टबाट बाहिरिए

इंग्ल्याण्डका तीब्र गतिका बलर जोफ्रा आर्चर भारत विरुद्धको दोस्रो टेष्टबाट बाहिरिनुभएको छ । दाहिने कुहिनामा सुई लगाएपछि शनिबारबाट सुरु हुने दोस्रो टेष्ट खेलबाट उहाँ बाहिरिनुहुने भएको हो । इंग्ल्याण्डले पहिलो टेष्ट खेलमा भारतलाई हराउँदा जोफ्रा आर्चरले पहिलो पारीमा भारतका दुबै जना ओपनर ब्याट्सम्यानलाई पेभेलियन फर्काएर तीन विकेट लिनुभएको थियो । बिहीबार अभ्यासको क्रममा उहाँले दाहिने कुहिनामा पीडा भएको जनाएपछि उहाँलाई पीडा कम गर्ने सुई लगाइएको थियो । इंग्ल्याण्ड शिविरले भने जोफ्राको समस्या सामान्य रहेको र तेस्रो टेष्टमा पुनरागमन गर्ने विश्वास लिएको छ । तेस्रो टेष्ट खेल फेब्रुअरी २४ मा अहमदाबादमा सुरु हुनेछ ।