भक्तपुर र ललितपुरका सडक झिलिमिली हुँदा काठमाडौंका सडक भने अन्धकार, बत्ती राख्न प्राधिकरणसँग 'बार्गेनिङ' गर्दै महानगर

काठमाडौं : साँझमा कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा सडक झिलिमिली हुन्छ। भक्तपुरका धेरैजसो सडकमा बत्ती बलेको हुन्छ। ललितपुर महानगरपालिकाका गल्ली-गल्ली पनि सडक बत्ती राखेर झिलिमिली छन्। ललितपुरका मेयर चिरिबाबु महर्जनले धेरैजसो टोलको सडकमा बत्ती पुर्‍याइसकेका छन्। तर, देशको राजधानी काठमाडौं महानगरका मुख्य सडकहरु अँध्यारा छन्। भक्तपुर र ललितपुरका गल्ली-गल्ली झिलिमिली हुँदा पनि काठमाडौं किन छ अँध्यारो? काठमाडौं महानगरपालिकाले अनावश्यक…